२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एमसीसीले बनाउने रातमाटे सबस्टेसनको लाग्यो ठेक्का, ३९ महिनाभित्र निर्माण सकिने

१ असार , काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसीए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

एमसीए नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे जानकारी दिएको हो । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर जिआइएस सवस्टेसन ३९ महिनाभित्र निर्माण गरिनेछ ।

निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनमध्ये एउटा हुनेछ । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसीए–नेपालले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस