२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सोमबार सार्वजनिक बिदा [ सूचनासहित ]

काठमाडौं । सरकारले आगामी असार ३ गते सोमबार परेको सार्वजनिक बिदा दिएको छ। सरकारले इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले आज सूचना जारी गरी बकर इदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस