२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

असार ४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधि सभाको आज को बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफल गर्न रोष्टममा पुगेका लिङदेनले सम्बोधनका क्रममा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

‘सामान्यतया आफूलाई हेर्दा कम आक्रोश पोख्ने र कम रिसाउने मान्छे हो म, तर जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बजेट पुस्तिका हातमा पर्‍यो । त्यो दिनदेखि म यसरी तात्तिएको छु कि म यो यसरी च्यातेर च्याँत्दै यसरी हुर्‍याउने मन छ तर संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुर्‍याउँदा हुन्छ त्यहाँ नहुर्‍याएर यहाँ रोष्टमको टेबलमा‘ राखें ।’

उनले यो आफ्नो मनको मात्र नभई हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चार निर्वाचन क्षेत्र बाहेकको मनको कुरा भएको उल्लेख गरे ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस