२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

८ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट निर्णयार्थ पेस गर्ने क्रममा संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी आर्थिक वर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले असार ९ गतेदेखिको संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। बजेटको पक्ष वा विपक्षमा मत दिने भन्ने बारेमा सोहि समयमा निर्णय गर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस