२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कालीमाटीमा आज गोलभेँडाको मूल्य १२, करेलाको ३०, अरु तरकारीको कति ?

Fruit and vegetable price today

८ असार, काठमाण्डौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ ।
कालीमाटीमा आज पनि गोलभेँडा, फर्सी, बन्दा, भन्टा, चिचिन्डो, घिरौँलासहितका तरकारीको मूल्य अरु तरकारीको दाँजोमा कम छ ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा र सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ ।
सानो लोकल गोलभेँडा आज किलोको १२ रुपैयाँमा किनबेच हुँदा डल्ले च्याउ २९० रुपैयाँमा किनबेच भइरहेको छ ।

कालीमाटीमा आज कन्य च्याउ १६८, रातो आलु ५६, भारतीय रातो आलु ४९, सुकेको भारतीय प्याज ८७, बन्दा २२, स्थानीय काउली ५०, लाम्चो भन्टा ३५, करेला ३०, चिचिन्डो २५, घिरौँला ३६, हरियो फर्सी ३०, भिन्डी ६५, तोरीको साग २५ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहेको छ । यो सबै औसत मूल्य हो ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस