२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, धादिङका दुई सहित ६ जना घाइते

८ असार , काठमाण्डौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आज बिहान बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
काठमाडौंबाट पोखराका लागि छुटेको गरेको ना ५ ख ४३७४ नम्बरको बस अनियन्त्रित हुँदा सडकको बायाँतर्फ नालीमा खसेको थियो ।

दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता गुरुङ, पाँच वर्षीय रेशम सुनुवार, पोखरा महानगरपालिका–३२ बस्ने २५ वर्षीया सङ्गीता तिवारी, २८ वर्षीय सन्दीप तिवारी, धादिङको ज्वालामुखी गाउँपालिका–७ बस्ने ३८ वर्षीय टेकनाथ कँडेल र १० वर्षीया सुरक्षा कँडेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस