२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

धेरै समय छ जस्तो लागेको छैन, नेता कार्यकर्तालाई अब फुर्सद दिन्नँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीका नेता कार्यकर्ता कसैलाई पनि फुर्सद नदिने योजनाका साथ पार्टीले अभियान ल्याउनले बताएका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले चार महिने अभियानले अलिअलि झल्को दिए पनि पार्टीको गतिविधि फेरि सेलाएको बताए ।

उनले भने, ‘अस्तिको अभियानपछि जनयुद्धको जस्तो माओवादी फेरि जीवित भएर आउन लाग्यो क्यारे, जनताले पनि माओवादी नेता काठमाडौं र शहरमा मात्रै होइन गाउँमा पनि आउन थाले भन्ने सन्देश चाहिँ दिएको थियो । तर, अहिले त्यो रोकिएको छ । प्रदेशले गर्ने भन्दा धमिलिएको छ । अब हामी छिट्टै केन्द्रीय समितिको बैठक बसेर पार्टीबाट पनि अभियानात्मक रुपले लैजाने । अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो, मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन ।’

अध्यक्ष प्रचण्डले नेता कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै अभियानात्मक रुपमा जाने सोचेको बताए । उनले भने, ‘अहिलेको नयाँ परिस्थितिमा हुन त आजभोलि यो सोसल मिडियाको जमाना छ । आईटीको जमाना त छँदैछ । त्यसले मानिसको दिमागभित्र विभिन्न खालको विचारहरू हुल्दिने गरेको छ । राम्राभन्दा नराम्रा, सकारात्मकभन्दा नकारात्मक कुराहरू हाल्दिने गरेको छ । त्यसले प्रभाव पार्ने गरेको छ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस