२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पत्ता लाग्यो कहाँ लुकेका छन् जीबी राई, तर रवि पक्रन चहाँदैनन्

GB-Rabi cooperative fraud case

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान र छानबिन भइरहेका गृहमन्त्री रवि लामिछानेका पार्टनर जीबी राई संयुक्त राज्य इमिरेट्स (युएई) मा रहेको सूचना प्राप्त भएको छ । संसदीय छानबिन समिति सक्रिय भई काम थालेको दिन नै उनी युएईको एक स्थानमा ३ सय दिराम तिरेर बसेको पत्तो लागेको हो।

अन्तर्राष्ट्रिय स्रोतका अनुसार जीबी राई डार्क सिटीस्थित लेबर क्याम्पमा बेड स्पेशको महिनाको तीन सय दिराम तिरेर बसेका छन्। रास्वपाका एक अन्तर्राष्ट्रिय मञ्चका सदस्य अनुसार यो कुराको पुष्टि गरिएको हो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उनलाई जानी–जानी पक्राउ गर्न नमानेको कुरा पनि उनले बताए।

‘जीबी राईका बारेमा हामीले गृहमन्त्रीलाई जानकारी दिएको हो तर खै किन हो पक्राउ गरेनन्। जानकारी दिएको एक महिनाभन्दा बढी भयो’, ति सदस्यले बताए। गरिब जनताको रकम अपचलन गरेको विषयमा चुप लागेर बस्न सकिएन यसै कारण यो जानकारी दिन उपयुक्त ठानेको उनले बताए।

 

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस