२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

संघीय संसद

१० असार, काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले विनियोजन विधेयक, २०८१ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस