२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

ओलीले एसईई परीक्षामा पास हुनेलाई दिए बधाई, सफल नहुनेलाई निरास नभइ नयाँ पाइलामा हिँड्न सुझाव

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा सफल हुनेलाई बधाई दिएका छन् । सफल नहुनेलाई निरास नभइ नयाँ पाइलामा हिँड्न सुझाव दिएका छन् ।

आज SEE परीक्षा २०८० को Result आएको छ। परीक्षामा सफल सबै भाइबहिनीहरूलाई बधाई । यसलाई जीवनको परीक्षाको सफलता वा असफलताका रूपमा बुझ्नु हुँदैन, जीवन यात्रामा यो एउटा पाइला मात्रै हो । जीवनमा अनगिन्ती पाइलाहरू हिँड्नु छ। यस परीक्षामा सफल हुन नसक्ने भाइबहिनीहरुका लागि पनि पाइला चाल्ने ठाउँ प्रसस्तै छन्। तपाईंहरूले निराश नभइ नयाँ पाइला चाल्नु पर्छ। सबैलाई मेरो शुभकामना छ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस