२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

काठमाडौंमा भिख माग्न आएका भारतीयले लुटे सुनको रिङ, दुई जना पक्राउ

१४ असार , काठमाडौँ । जोगीको भेषमा भिख माग्न काठमाडौं आएका दुई जनालाई चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् ।

उनीहरूले दुई दिनअघि काठमाडौंको सेतोपुलस्थित एक घरमा डेरा गरी बसिरहेकी महिलासँग भिख माग्ने क्रममा उनले कानमा लगाएका दुवै रिङ लुटेर लगेको प्रहरीको दाबी छ । प्रहरीले उनीहरूको साथबाट लुटिएको भनिएका रिङ पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस