२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पत्नी आरजुसहित देउवा र ओलीबीच बालकोटमा सवा दुई घण्टा कुराकानी

Kp Sharma Oli with Sher Bahadur deuba

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।

 

 

 

 

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस