२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

प्रतिनिधिसभा सचिव अधिकारीले लिए शपथ

१९ असार , काठमाण्डौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको कृषि हलमा आयोजित समारोहमा सचिव अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् । अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस