२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महाकाली नदीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन निषेध

२३ असार, धनगढी । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस