२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रधानमन्त्रीको राजीनामा नआएपछि एमालेको सचिवालय बैठक फेरि बस्दै

२३ असार , काठमाण्डौँ । नेकपा एमालेले मंगलबारका लागि सचिवालय बैठक बोलाएको छ ।
मंगलबार दिउँसो १२ बजेका लागि केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक राखिएको कार्यालय सचिव डा। भीष्म अधिकारीले बताए ।

आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो । उक्त बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ । प्रधानमन्त्री दाहाललाई राजीनामाका लागि थप दबाब दिन एमालेले सचिवालय बैठक डाकेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस