२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आफैं संकटमा रहेको सौर्य एयरलाइन्स रित्तियो, ५ जना व्यवस्थापक नै दुर्घटनामा परे

काठमाडौं । सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा पर्नुभएको छ । सौर्य एयरलाइन्सको सुरक्षा प्रमुख, मर्मत म्यानेजर समेत दुर्घटनामा पर्नुभएको हो । सौर्य एयरलाइन्सका अनुसार सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल, अपरेसन डाइरेक्टर क्यापटेन मनिषरत्न शाक्य (जिवित), क्वालिटी एस्विरेन्स प्रमुख दिलिप बर्मा रहनुभएको छ ।

क्याप्टेन शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। अन्य ४ जनाको मृत्यु भइसकेको छ। क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गर्नुभएको थियो । उहाँले २०१२ देखि स्रिमिक एयरलाइन्समा करिब ३ वर्ष ट्रेनिङ म्यानेजरको रुपमा काम गर्नुभएको थियो । शाक्यले २०१४ देखि सिम्रिक एयरलाइन्समा उडान सुरु गर्नुभयो ।

उहाँ पछिल्लो ९ वर्ष ८ महिनादेखि चिफ अफ अपरेसन हुनुहुन्थ्यो । शाक्यले मसुरी मोर्डन र सेन्ट जेभियर्स स्कुलमा अध्ययन गर्नुभएको हो । उहाँ बोल्नसक्ने अवस्थामा रहेका कारण यो विमान दुर्घटनाको कारण खुल्नेछ ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस