२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

टेलिकमले डाटा इन्टरनेटमा मच्यायो धुम : १९८ नम्बरबाटै इन्टरनेटका प्याकेजहरू परिवर्तन गर्न सक्ने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ। नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका सो सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन्।

यसैगरी टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ। ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरू सब्सिक्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस