२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं, ललितपुर र भक्तपुरका सबै पालिकामा आज शोक बिदा

काठमाडौं । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा आज काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ । फोरमले कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको थियो ।

उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराएका छन् । मेयर नकर्मीको बिहीबार निधन भएको थियो ।

 

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस