२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

८ वर्षीय भतिजी करणी आरोपमा ६८ वर्षीय काका पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

कालीकोट । ८ वर्षीय भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा नरहरिनाथ गाउँपालिका-८ का ६८ वर्षीय काका पर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साउन १ गते मंगलबार दिउँसो घरमा कोही नभएको अवस्थामा वृद्ध काकाले आफ्नी भतिजीलाई करणी गरेका थिए।

घटनाबारे प्रहरीलाई ढिलो जानकारी भएकाले सोमबार मात्र उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए। हाडनाता पर्ने भएकाले प्रहरीले पक्राउ परेका काका पर्नेको परिचय खुलाएको छैन। सूचना अधिकारी थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस