२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

नाबालक छोरा सहित माइतीघरमा सुतेकी महिलामाथि मध्यरातमा सामूहिक बलात्कार, दुई जना पक्राउ

Gang-rape in the middle of the night on a woman wh

सल्यान । सल्यानमा नाबालक छोरा सहितकी एक महिलालाई सामूहिक बलात्कार गर्ने मध्ये दुई जना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ बुरेली स्थित माइतीघरमा सुतेकी २३ वर्षीय महिलामाथि सामूहिक बलात्कार भएको हो । गत असार ३१ गते राति १२ बजेतिर तीन जना व्यक्तिहरु महिलाको माइतीघरमा जवर्जस्ती प्रवेश गरेर घिसार्दै घरवाहिर बार्दलीमा ल्याएर बलात्कार गरेको सल्यान प्रहरीले जनाएको छ ।

जवर्जस्ती करणीको आरोपमा बनगाड कुपिण्डे नगरपालिका, १ देवस्थल बस्ने वर्ष २१ को वसन्त बुढा र जाजरकोटको जुनीचाँदे ८ घर भई हाल वनगाडको देवस्थल बस्ने वर्ष २४ को मान बहादुर रावतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

जवर्जस्ती करणी गरेर फरार रहेका उनीहरुलाई पीडित महिलाले साउन १ गते जाहेरी दिएपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले खोजतलास गर्ने क्रममा साउन २ गते सल्लीबजार नजिकबाट पक्राउ गरेको थियो । अर्का एकजना फरार प्रतिवादीको पनि खोजी भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

उनीहरुले घरभित्र सुतिरहेकी नावालक छोरा सहितकी महिलालाई जवर्जस्ती तान्दै घिसार्दै कोठा वाहिर बार्दलीमा ल्याएर संवेदनशील अंगमा समात्दै बलात्कार गरेको तथा प्रतिवादी मध्येको एक जनाले फेरि महिलालाई बार्दलीबाट घिसार्दै ३० फिट पर शौचालय नजिकै लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस