२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रातिसम्म भारी वर्षा हुने : विमानस्थलहरु र सडक अति प्रभावित

Rain tribhuvan international airport

काठमाडौं । वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । मङ्गलवार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका प्रवत्ता सुभाष झाले पानी परेका कारण केही जहाज अवतरणमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जहाज उडानमा केही समस्या छैन । जहाज उठेपछि बादलमाथि आकाशमा जाने हो । तर, पानी परेकाले केही जहाजले ल्याड गर्न सकेको छैन ।’

अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको हो। स्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् । सिता एयरको लुक्लाको उडान मौसमको कारण रद्द भएको छ ।

विमानस्थलसँगै सडकहरुपनि विभिन्न ठाउँमा अवरुद्ध भइरहेका छन् । उच्च जोखिम बढेका छन् । आज रातिसम्म नै अति भारी बर्षा हुने भएकाले सचेत रहन अपिल गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस