२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

दैनिक नयाँ रेकर्ड बनाइरहेको युएस डलर आज झनै उच्च, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

exchange american dollar

काठमाडौं । तीन दिनदेखि अमेरिकी डलर भाउले निरन्तर नयाँ उचाइ लिइरहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६४ पैसा तोकेको छ भने खरिददर मूल्य १३४ रुपैयाँ ४ पैसा छ ।

डलरको यो मूल्य हालसम्मकै उच्च हो । एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ ५ पैसा पुगेको छ भने बेलायती पाउण्डस्टिर्लिङको १७१ रुपैयाँ ४४ पैसा छ । एक अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८८ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलरको ९७ रुपैयाँ ९७ पैसा छ ।

बिहीबार राष्ट्र बैंकले एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८६ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ७० पैसा तोकेको छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ । एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २९ रुपैयाँ ९४ पैसा तथा खरिददर मूल्य २९ रुपैयाँ ८१ पैसा छ ।

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस