काठमाडौं। सर्वोत्तम सिमेन्टको संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण सेयरको लक-इन अवधि समाप्त हुने मिति नजिकिएको छ। कम्पनीले संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषलाई वितरण गरेको सेयरको लक-इन अवधि भदौ २५ गते समाप्त हुने भएको हो।
सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको ६ महिनासम्म संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयर लक-इनमा राख्नुपर्ने व्यवस्था छ।
कम्पनीले २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ता र १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको थियो। लकइन अवधि सकिएपछि संस्थागत लगानीकर्ता तथा सामूहिक कोषले सेयर बेच्न पाउनेछन्। सर्वोत्तमले गत फागुनमा सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको थियो।
प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार

