२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

ताप्लेजुङमा जिप दुर्घटना हुँदा तीनजना घाइते, चालक पक्राउ

Three injured in a jeep accident in Taplejung

फुङलिङ । ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङबाट मेरिङदेन गाउँपालिका– ६ नाल्बु जाँदै गरेको जिप मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। ग ३ च ९८४७ न बोलेरो जिप दुर्घटनामा परी फुङलिङ नगरपालिका वडा नं ४ बस्ने कान्छी शेर्पा, उनका ३ वर्षीय छोरा पासाङ डन्डु शेर्पा र मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा बस्ने २५ वर्षीया उर्मिला लिम्बू घाइते भएका छन्।

चालक पेम्बा शेर्पा गाडीबाट निस्की ओत लगाउनका लागि ढुंगा लिन गएको अवस्थामा एक्कासि गाडी पछाडि बगेको र अन्दाजी २० मिटर तल खसेको देखिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइतेहरूको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिपमा १० जना सवार थिए। अन्य सातजना सकुशल रहेका सूचना अधिकारी लुंगेलीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस