२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

सानिमा बैंकको १.१५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लािग ३५ दिनको समय दिइएको छ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस