२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं हिँडेको ४३ जना सवार बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, संख्या बढ्नसक्ने

Bus accident update with 43 passengers traveling to Kathmandu

आँबुखैरेनी । तनहुको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताउनुभयो । उहाँका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस