२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

जाजरकोटमा पहिरो खस्दा वडासदस्यसहित २ जना बेपत्ता

२३ भदौ, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट –६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयास भइरहेको छ । तर, सफल नभएको उनले बताएका छन् ।

चलाउनेकी ११ वर्षीया छोरी सम्झनाकाे भने घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस