२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

पाचन प्रणाली समस्या उपचारका लागि चीन गए माओवादी नेता वर्षमान पुन

Maoist leader Barshman Pun went to China for treatment of digestive system problem

काठमाडौं। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘फलोअप’ उपचारका लागि चीन गएका छन्। जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित उनी थप उपचारका लागि आइतबार दिउँसाे एअर चाइनाको सिए–४३८ उडानमार्फत् पत्नी ओनसरी घर्तीमगरसँगै चीन गएकाे पुनको सचिवालयले जनाएकाे छ।

पुनले यसअघि चीनकाे सेन्चन शहरस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए। उनमा देखिएकाे आनुवंशिक जण्डिस रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ। यो राेगका कारण मानिसहरूको आँखा र छाला पहेँलो हुने र खानामा अरुचि हुने तथा पाचन प्रणालीको समस्या हुने चिकित्सकहरू बताउँछन्।

पारिवारिक स्रोतकाअनुसार उनलाई अहिले ‘बिलिरुबिन’मा समस्या देखिएको छ। बिलिरुबिन पहेँलो पदार्थ हो, जुन पुरानो रक्त कोशिकाहरू तोडिँदा उत्पादन हुन्छ। कलेजोद्वारा उत्पादन हुने यो पदार्थ पित्त थैलीमा भण्डारण हुन्छ। बिलिरुबिन बढ्नु भनेकाे जण्डिस बल्झिनुजस्तै हो। एक दशकदेखि माओवादी नेता पुनको उपचार गरिरहेका पेट तथा कलेजो रोग विशेषज्ञका अनुसार उनमा देखिएकाे जण्डिस आनुवंशिक र जन्मजात हो।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस