२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रेकर्ड बनाएर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो।

यसअघि बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो। त्यसदिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १७ सय ८० रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस