२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रसाद खाँदा झापामा ५९ जना बिरामी

59 people sick in Jhapa after eating Prasad

झापा । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ५९ जनालाई ‘फुड पोइजन’ भएको छ। अर्जुनधारा– ९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो। सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको थियो। प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन्।

बिरामी हुनेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेका छन्। बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ।

त्यस्तै, केहीको बिर्तामोडस्थित बीएण्डसी र मनमोहन अस्पतालमा पनि उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल भर्ना भएका केही भने डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस