२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं फोटोग्राफर संघको साधारण सभा सम्पन्न

General meeting of Kathmandu Photographers Associa

काडमाडौं । फोटोग्राफरहरुको हक हित र व्यवसायिक फोटोग्राफीको विकासमा समर्पित संस्था काठमाडौं फोटोग्राफर संघको १६ औं वार्षिक साधारण सभा संघका अध्यक्ष हरि प्रसाद घिमिरेको अध्यक्षतामा काठमाडौंमा आज सम्पन्न भएको छ।

काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभागका प्रमुख निर्मलमणि अधिकारीको प्रमुख आतिथ्यमा भएको सभाको उद्घाटन कार्यक्रममा संस्थाका गतिविधि, उपलब्धि र भावी योजना प्रस्तुत गरिएका थिए। कार्यक्रममा फोटोग्राफी प्रतियोगिताका बिजयीहरु प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीहरु क्रमशः नन्दु श्रेष्ठ, उद्धव पुडासैनी र अमिर महर्जनलाई पुरस्कृत गरिएको थियो भने संघका नव गठित बिभिन्न एरिया समितिहरुलाई पनि सम्मान पत्र र सहयोगी संस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो।

विभिन्न क्षेत्रका अतिथीहरुले शुभकमना प्रदान गरेको सो कार्यक्रममा शुभकामना मन्तव्य प्रदान गर्दै प्रमुख अतिथी अधिकारीले फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष आनन्द प्रभाकर घिमिरेले प्रदान गरेका थिए भने सञ्चालन सचिव रेशमराज पण्डितले गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस