२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरि आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिएका हुन्।

भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ–आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो । भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज,परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागी रहेको थियो

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस