२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

अकोराबमा अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौँ, भदौ ३० गते । देशभरिका सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । ललितपुरमा आयोजित अकोराबको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालले जानकारी दिए ।

अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरुमा खेमकुमारी पोखरेल, मिलन गाहा, नविननरसिंह नेपाली र गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सविचमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय सदस्यहरुमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नविनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गिता चिमोरिया, हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस्यहरूमा जीवन लामा र हरि न्यौपाने सर्वसम्मत निर्वाचित भए भने केन्द्रीय सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा सर्वसम्मत निर्वाचित भए ।

अकोराबको कोशी प्रदेश समितिको अध्यक्षमा टेकबहादुर खड्का, मधेस प्रदेशमा अध्यक्षमा उपासना तिवारी, बागमती प्रदेश अध्यक्षमा दीपक लामा, गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्षमा नविन केसी, कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा र सुदुरपश्चिमको अध्यक्षमा वेदप्रकाश तिमल्सेना निर्वाचित घोषित गरियो ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस