२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आजपनि घट्यो

Gold Price Today Nepal

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा निरन्तर गिरावट भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएको थियो ।

सोही परिमाणको सुनको मूल्य मंगलबारका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको थियो । आज बुधबार प्रति तोला रु एक लाख ५६ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ। मंगलबार प्रतितोला रु एक हजार नौ सय पाँच कायम भएको चाँदी आज बुधबार रु एक हजार आठ सय ९० निर्धारण भएको छ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस