२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नरेशलाई दोस्रोपटक अदालत लगियो, प्रहरीले ममता जीवित नरहेको देखाउने थप भिडियो दियो

मानसास पार्क । अमेरिकाको मानसास पार्कमा हत्या गरिएको अनुमान गरिएकी नेपाली युवती ममता काफ्ले भट्टको हत्या आरोपमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टलाई दोस्रोपटक अदालतमा उपस्थित गराइएको छ । अदालतमा प्रहरीले ममता जीवित नरहेको देखाउने थप भिडियोहरू पेस गरेपछि अदालतले भट्टलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

३७ वर्षीय भट्टमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ । भट्टकी श्रीमती ममता काफ्ले भट्ट जुलाईको अन्त्यदेखि बेपत्ता छिन् र अनुसन्धानकर्ताहरूले उनको हत्या गरेको अनुमान गरे पनि शव फेला परेको छैन ।

ममता काफ्ले भट्टको खोजीमा रहेका समर्थकहरुले भट्टलाई अदालतमा उपस्थित गराउँदा प्रदर्शन गरेका थिए । साढे दुई घन्टासम्म सुनुवाइ चलेको थियो । भट्टका वकिलहरूले अगस्टको अन्त्यमा पहिलोपटक उनको बन्ड अस्वीकार गरेपछि धरौटीका लागि फेरि निवेदन दिएका थिए । त्यस निवेदनमाथि शुक्रबार सुनुवाइ भएको हो ।

फाइलिङमा क्याप्टेन स्टिभन लभिङको मानसास पार्क प्रहरी विभागसँगको पत्र पनि समावेश छ जुन भट्टविरुद्ध दायर गरिएको मूल उजुरीको सम्बन्धमा प्रिन्स विलियम काउन्टी कमनवेल्थ अटर्नीलाई पठाइएको थियो।

शुक्रबार अदालतमा देखाइएको भिडियोमा भट्टले लाउडौन काउन्टीमा फोहोरको झोलाहरू, कहिलेकाहीँ तौलिया वा झोलाहरू डिस्पोज गर्नका लागि रुमाल प्रयोग गरेको देखिएको छ । अभियोजकहरूले भट्टले डस्टबिनमा बाथरूमको म्याट पनि फालेका थिए, जसको रगत परीक्षण गरिनेछ । ममता काफ्ले भट्टका समर्थकहरूले शुक्रबार सुनेका प्रमाणहरू स्तब्ध पार्ने र केही ग्राफिक विवरणहरू सुन्न तयार नभएको बताएका ।

 

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस