२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

१० दिने चीन भ्रमणमा गएका रास्वपाका सांसद तथा नेताहरु तीन दिनमै स्वेदश फर्किए

काठमाडौं, असोज ६ । १० दिने चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरु तीन दिनमै स्वेदश फर्किएका छन् । पार्टी सभापति रवि लामिछाने सहकारी बचत अपचलनमा प्रहरीबाट पक्राउ पर्ने आशंका भएपछि टोली भ्रमण छोट्याएर फर्किएको हो । उनीहरु पहिलो फ्लाइटमा नै नेपाल आउँन विमान चढिसकेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएका सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा भ्रमण छोट्याएर आकस्मिक रूपमा आजै स्वदेश फर्किन लागेका हुन्।

सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई आइतबार फिर्ता बोलाएको हो। चिनिया पक्षबाट पहिलो पटक औपचारिक रूपले आएको पहिलो निम्तो मान्न रास्वपाका ७ सांसद र ७ नेता गएका थिए। गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

 

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस