२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नागढुंगाको नाग मन्दिरमा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस