२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाउने मन्त्रीपरिषद् को निर्णय

काठमाडौं । सरकारले विपद्बाट मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस