२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ

२ असोज, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले मीनाको हत्या गरेका हुन् ।

उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । डिएसपी अर्यालले हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस