२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन, विदेशी अस्पताल गएको अनुमान

२० असोज, काठमाडौं । नेपाल प्रहरीकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएकी छन् । प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा. शिवानिस सिंह कार्यालयमा वैशाखदेखि अनुपस्थित भएकी हुन् ।

चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले १४ दिन घर बिदा लिएकी थिइन् । त्यसपछि लगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृहमन्त्रालयले जनाएको छ।

वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ । यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने सूचनामा उल्लेख छ । उनी जागिर छोडेर विदेश गएको हुनसक्ने आँकलन गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस