२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सुनचाँदीको मूल्य घट्यो

Gold Price Today Nepal

काठमाडौं, असोज २३ । बुधबार छापावाल सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला एक हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार एक सय रूपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबाट चाँदी प्रतितोला १९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १९ सय रूपैयाँमा कारोबार भएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

 

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस