२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

पोखरा । मुस्ताङको मार्फा नजिकै कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । जोमसोमबाट लेते आउँदै गरेको ना १ च ७६९२ नम्बरको कार र पोखराबाट जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल मार्फा नजिकै ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

लाइसेन्सका आधारमा मृत्यु भएको व्यक्ति गोरखा आबुखैरेनीका सञ्जय खड्का रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । घाइते खड्काको उपचारका लागि मुस्ताङ अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको डीएसपी बोगटीले बताए । घटनापछि कार र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस