२०८३ कार्तिक ११ गते मङ्गलवार | 2026 October 27th Tuesday

बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, सबै घाइते गम्भीर

धनगढी । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा आज बिहान थप एक जनाको शव फेला परेसंगै मृतकको संख्या पाँच पुगेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–१० की ७० वर्षीया गोवणी महराको पनि शव घटनास्थलबाट निकालिएको बताए ।

उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान मात्रै फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना हुँदा पुर्चौँडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको थियो।

सबै घाइते १२ जनालाई थप उपचारको लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको छ। बस सडकबाट झण्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ। घाइतेहरु गम्भीर छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन। दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशंकमा प्रहरीले खोजी कार्य जारी राखेको छ।

 

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस