२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत ग्रेडेड

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ । गएको भदौ २५ र २६ गते भएको परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजा अनुसार ७०.६० प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । एक लाख २२ हजार १७१ जना सहभागी भएकामा ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस