२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

एक जोडी हात्ती कतारलाई उपहार दिने सरकारको निर्णय

४ कार्तिक , काठमाडौँ । सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेका एक जोडी हात्ती कतारलाई दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ वमोजिम नेपाल सरकारको तर्फवाट कतार सरकारलाई उपहार स्वरूप चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराउने निर्णय भएको छ’ मन्त्री गुरुङले भने ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस