२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

भीम रावलसहित विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

५कार्तिक , काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए ।

आइतबार बसेको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस