२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नेसपाको विधान अधिवेशन आजदेखि : १५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव

५ कार्तिक , काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाको केन्द्रीय समिति अधिकतम १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । आजदेखि पोखरामा सुरु हुने प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधानमा १३ सदस्यीय पदाधिकारी रहने उल्लेख छ । जसमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहने उल्लेख छ । नेसपाको सङ्गठनात्मक स्वरूप र संरचनामा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ भने सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरूको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस