२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्रै, काठमाडौं बाट दिल्ली उड्ने तयारी

६ कात्तिक, काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।

‘भिस्टारको जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु भेटिएन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘सेना तथा प्रहरीको सर्च अपरेसनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबै जाँच गर्दा शंकास्पद वस्तु केही भेटिएन । त्यसपछि जहाजलाई खतरामुक्त प्रमाणित गरियो ।’

भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टारको उक्त जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस