२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन पूरा भएको अवसरमा आज दिउँसो ३ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले १०० दिनमा हासिल गरेका उपलब्धि, सुरु गरिएका महत्वपूर्ण कार्यक्रम तथा प्रगतिबारे जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ओली अहिले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफलमा व्यस्त रहेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस