२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

आजको मौसम पूर्वानुमान : देशभर आंशिक प्रभाव, कहाँ छ पानी पर्ने सम्भावना ?

कार्तिक ९, काठमाडौँ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ।

हाल कोशी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस